२४ घण्टामा २९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौ, ४ भदौ ।

 नेपालमा पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १ हजार ६७० पीसीआर परीक्षणमा १८० र २ हजार ६६७ एन्टीजेन परीक्षणमा ११९ जनामा सङ्क्रमण देखिएको हो ।

२४ घण्टामा जम्मा ४ हजार ३३७ नमुना परीक्षण भएको थियो । २४ घण्टामा निको हुनेको संख्या भने ५७७ र २ जनाको मृत्यु भएको छ । शनिबारसम्म सक्रिय सङ्क्रमितको संख्या ४ हजार ६२५ रहेको छ । २४ घण्टामा १८ हजार ६७० जनाले खोप लगाएका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर