भदौ २० सम्म स्वीकृत दरबन्दी बमोजिम प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापना गरी विवरण पठाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ, २ भदौ ।

 निर्वाचन आयोगले भदौ २० गतेसम्म स्वीकृत दरबन्दी बमोजिम प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापना गरी विवरण पठाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । २० गतेसम्म स्वीकृत दरबन्दी बमोजिम प्रमुख जिल्ला अधिकारी लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरूको पदस्थापना गरीे भदौ २५ गते भित्र विवरण उपलब्ध गराइदिन गृह मन्त्रालयलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताउनुभयो । उहाँका अनुसार आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापन गरी तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नका लागि अन्तर निकाय समन्वय गर्न, निर्वाचनको क्रममा अनुगमन गर्न, निर्वाचन आचारसंहिता जिल्ला अनुगमन समिति, जिल्ला जनशक्ति व्यवस्थापन समन्वय समिति र जिल्ला निर्वाचन सुरक्षा समिति लगायतका समितिहरूमा समेत प्रमुख जिल्ला अधिकारीको भूमिका महत्वपूर्ण रहने भएकोले आयोगले सो निर्देशन दिएको हो । यसैबीच, आयोगलेआगामी निर्वाचनकोप्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई सुरक्षा योजना तयार गरेर उपलब्ध गराउन पनि भनेको छ । आयोगले विशेष कारणबस कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध हुने वा गर्ने स्थिति सिर्जना हुन गएमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ५० बमोजिम आवश्यक कारबाही हुने व्यहोराको जानकारी अग्रिम रूपमा दिन पनि भनेको छ । सीआईएनबाट साभार गरिएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर