तुलसीपुर ४ निबासी पुनको घरमा आगलागी

तुलसीपुर २९ साउन । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मुलकोट जुम्लेटाकुरा निबासी कोट बहादुर पुनको घरमा आगलागी भएको छ । खरको छानो भएको कच्ची घरमा आइतबार दिउँसो चार बजेतिर मानिस कोहि नभएको समयमा आगलागी भएको स्थानीयले जानकारी दिनुभयो । घरमा आगलागी हुदा सम्पूर्ण सरसामान,नगद तथा जिन्सी समानहरु पुर्ण रुपले जलेर नस्ट भएका छन ।

घरमा एक्कासि आगलागी भएको र घर पुर्ण रुपले जलेर नस्ट भैइसकेपछी मात्रै स्थानीय आगो नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । उक्त घरमा पुनका बुढाबुढी मात्रै बस्दै आएकोले श्रीमती गाईबाख्रा चराउन ग्वाला र श्रीमान घर बाहिर भएकाले मानबिय क्षेती भने नभएको बताएईको छ । आगलागिका कारण के कति क्षेती भएको छ भन्ने बारे विवरण आउन बाकि रहेको स्थानीय दोर्ण पुनले जानकारी दिनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर