धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, कति दिने आवेदन ?

धौलागिरी लघुवित्तको आइपीओ आज बन्द हुँदैछ । कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको छ । प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेकोमा सोही आइपीओ आज बेलुका पाँच बजे बन्द हुने भएको हो ।

इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कुल ३ लाख ३१ हजार कित्ता मध्ये कम्पनीले ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०।५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्ट्याएर बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई जारी गरेको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर