मङ्सिर ३ गते १८ वर्ष पूरा हुने मतदाताले पनि भोट हाल्न पाउने

काठमाडौँ, २९ साउन ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन अर्थात मङ्सिर ३ गते १८ वर्ष पूरा हुने मतदाताले पनि भोट हाल्न पाउने भएका छन् । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्ने छ । निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएकालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आइएको थियो । आउँदो निर्वाचनमा करिब एक लाख त्यस्ता मतदाताले मतदान गर्न पाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगमा हिजोसम्ममा निर्वाचनका लागि ४० राजनीतिक दलदर्ता भएका छन् । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर