प्रधानमन्त्री देउवासगँं आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बारेमा विशेष छलफल :- सांसद शाह

कपिलवस्तु, २१ साउन ।

नेपाली काँग्रेसका युवा सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्री शेर बहादुर देउवासगँ भेटघाट गर्नु भएको छ । प्रधानमन्त्री देउवासगँं कपिलवस्तुको विकास र आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बारेमा विशेष छलफल भएको सांसद शाहले बताउनु भयो । आगामी निर्वाचनमा कपिलवस्तुबाट काँग्रेस विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेको सांसद शाहले बताउनु भयो ।

उक्त भेटवार्तामा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कृष्णनगरको विकासका बारेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताउनु भयो ।

कृष्णनगरमा ब्यवस्थित बसपार्क, ढल निकास सडक सन्जालमा केन्द्रिय सरकार तथा प्रधानमन्त्री अग्रसर रहेको मेयर शाहले बताउनु भयो । उक्त भेटघाट कार्यमा नेपाली काँग्रेस कपिलवस्तुका युवा नेता राजेश ज्ञवालीले पार्टीको बारेमा प्रधानमन्त्रीसगँ छलफल भएको बताउनु भयो । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रधानमन्त्री सकारात्मक रहेको युवा नेता ज्ञवालीले बताउनु भयो

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर