शान्ति सामुदायिक वनको भिम बगैंचालाई वनस्पति पार्क बनाइने

भालुवाङ १२ साउन ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ को शान्ति सामुदायिक वनमा वनस्पति पार्क बनाइने भएको छ ।

सामुदायिक वनको ६र७ विगाह क्षेत्रमा रहेको भिम बगैंचालाई वनस्पति पार्क बनाउन लागिएको छ । पर्यटन क्षेत्रको विकासका लागि सामुदायिक वन भित्र वनस्पति पार्क बनाउन थालिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।यसै क्रममा बिहीबार भिम बगैचाको अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश वन तथा भु संरक्षण मन्त्रालय, राप्ती गाउँपालिका र डिभिजन वन कार्यालय लमहीको संयुक्त पहलमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा लुम्बिनी प्रदेश वन तथा भु संरक्षण मन्त्रालयका सचिव दुर्गाबहादुर कार्कीले तत्काल सानो बजेट बाट हरित पार्क बनाउन सुरू गर्ने बताएका छन् । त्यसका लागि स्थानीय सरकार र सामुदायिक वनको सहयोग आवश्यक रहेको बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर