देशभर ८० प्रतिशत मात्रै रोपाई सकियो

काठमाडौँ, ११ साउन ।

साउन महिनाको दोस्रो हप्ता वितिसक्दा देशभर ८० प्रतिशत मात्रै रोपाई भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अहिलेसम्म देशभर ८० प्रतिशत रोपाइ भएको हो । जुन अघिल्लो वर्षको तुलनामा ८ दशमलव ८ प्रतिशतले कम हो । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार गत वर्ष यहि समयमा ८८ दशमलव ८ प्रतिशत रोपाई थियो । यसपाली रोपाई गर्ने बेलामा पर्याप्त पानी नपरेको तथा रासायनिक मल अभाव भएकाले पनि पूर्ण रुपमा रोपाई हुन नसकेको उहाँले बताउनुभयो । मन्त्रालयका अनुसार विशेषगरि प्रदेश१, मधेश र लुम्बिनी प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण कम रोपाई भएको हो । हाल ती प्रदेशमा मनसुन सक्रिय रहेको र रासायनिक मलको उपलब्धतामा पनि क्रमश सु्धार आएकाले अबको ५ दिनमा विगत वर्षहरूमा जस्तै शतप्रतिशत रोपाइ हुने प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर