टोलबासिहरुको मागलाई पूरा गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

तुलसीपुर ७ साउन ।

तुलसीपुर ५ बुद्धनगर टोलबासिहरुले गाउँठाउँको बिकास गरिदिन स्थानीय जनप्रतिनिधिहरु सङ्ग माग गरेका छन । बुद्धनगर टोल बिकास सस्थाले सनिवार आयोजना गरेको जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रममा उनिहरुले सडक नाला,विद्युत पोल,भित्री सडक आरसिसी लगायतका बिकास गर्न माग गरेका छन् । निर्वाचनका बेला विभिन्न आश्वासन दिने तर चुनाव जितेपछि बिर्सने प्रवृत्ति भयको उनीहरुको गुनासो थियोे । सस्थाका अध्यक्ष ऋषिराज खरेलको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मन बिश्वकर्माले आफुहरु सधै जनताको साथमा रहेको बताउनु भयो । यो बर्ष शिक्षा ,स्वास्थ्यलाई विशेष जोड दियको बताउदै उहाले जन अपेक्षा अनुसारको काम गर्ने बताउनु भयो । सो अबसरमा वार्ड सदस्यहरु लालमती भन्डारी,मधु सुनार,युबराज नेपाली र भिम बहादुर केसिले टोलबासिहरुले माग गरेका बिकासलाई पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । संस्थाका टीकाराम पुनको स्वागत मन्तव्यबाट सुरु भयको कार्यक्रममा सस्थाका संरक्षक धन बहादुर केसि,पहल बुढा लगायतले बोल्नु भएको थियोे । कार्यक्रमको सजजिकरन सचिब चक्रप्रसाद नेपालीले गर्नु भयो । साथै सस्थाले टोलबासी हरुबाट सङ्कन गरेको लेबि पैसा फिर्ता गर्न सुरु गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर