नेपालमा बोलिने भाषाको सङ्ख्या १ सय ३२ पुगेको तथ्यांक 

काठमाडौँ, २६ असार  । 

भाषा आयोगले ९ वटा नयाँ भाषा पहिचान गरेसँगै नेपालमा बोलिने भाषाको सङ्ख्या १ सय ३२ पुगेको छ । जनगणना २०६८ अनुसार नेपालमा १ सय २३ वटा भाषा रहेकामा आयोगले थप ९ वटा भाषा पहिचान गरेको हो । आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले यी भाषा संरक्षणको लागि आयोगले विभिन्न काम गरिरहेको बताउनुभयो । आयोगले ७ सय ५३ वटै स्थानीय तहबाट विभिन्न जातजाति तथा भाषाका वक्ताहरूको विवरण सङ्कलन गरेको हो । आफ्नो मातृ भाषालाई प्रवर्धन र सम्वर्धन गर्नुपर्नेमा आयोगका अध्यक्ष अवस्थीले जोड दिनुभएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर