स्वास्थ्य राज्यमन्त्रीलाई तुलसीपुर बाणिज्य संघको ज्ञापनपत्र

तुलसीपुर, २५ असार ।

तुलसीपुर उधोग बाणिज्य सङघका अध्यक्ष रामप्रसाद चालिसेले स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री हिराचन्द्र केसीलाई ज्ञापनपत्र बुझाउनु भएको छ ।

तुलसीपुर उद्योग बणिज्य संघले आयोजना गरेको बधाई तथा स्वागत सम्मान कार्यक्रममा यस क्षेत्रमा स्वास्थ्य क्षेत्रको सुधार, दाङ एयर्पोर्ट, चारलेन सडक र राप्ति राजमार्गको स्तरवृद्धि गर्नुपर्ने लगायतका मागहरु समेटिएको ज्ञापनपत्र मन्त्री केसीलाई बुझाउनु भएको हो ।

सो अवसरमा आफु पनि यस क्षेत्रको भएकाले दाङको समग्र विकास लागि प्रतिवद्ध रहेको स्वास्थ्य राज्यमन्त्री केसीले बताउनुभयो । कार्यक्रमको सहजिकरण उपाध्यक्ष रुपबहादुर खत्रीले गर्नुभएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर