उरहरीमा निःशुल्क आँखा शिविर
![](https://i0.wp.com/dangtvonline.com/wp-content/uploads/2022/07/292563131_561198942313891_7765086961307858854_n.jpg?fit=750%2C375&ssl=1)
तुलसीपुर २४ असार।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ उरहरीमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय गोरखा न.पा. १३, को आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोगमा शिवीरको आयोजना गरिएको संस्थाका प्रबन्धक भोजराज फुयालले जानकारी दिएका छन । सामाजिक उत्तरदायित्व अन्र्तगत निशुल्क आँखा शिविरको आयोजना गरिएको उनले बताएका छन । यहि असार २५ गते शनिवारका दिन अमर मा.वि. उरहरीमा हुने शिविरमा विशेषज्ञ डाक्टरहरुबाट निःशुल्क आँखा चेकजाच गरिने भएको हो । बिहान १० बजे देखि सुरु हुने शिविरबाट आँखा परीक्षण गराई स्वास्थ्य लाभ लिन सबैमा संस्थाका प्रबन्धक फुयालले आग्रह गरेका छन ।