राप्ती हाइड्रोको आइपिओ आउँदै

काठमाडौं, २१असार ।

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गर्न लागेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको सेयरमा बिक्री नभएर बाँकी रहेका ३७ हजार ६ सय २३ कित्तासहित कुल २३ लाख ६६ हजार दुई सय ४० कित्ता सेयर निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले जारी गरेको आह्वानपत्रअनुसार कुल निष्कासित सेयरमध्ये तीन प्रतिशत अर्थात् ७० हजार नौ सय ८८ कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख १८ हजार तीन सय १२ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यसमा बाँकी रहेका २१ लाख ७६ हजार नौ सय ४० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सकिनेछ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर