बेलझुण्डी खानेपानीको ७१ प्रतिशत काम पुरा

तुलसीपुर, १७ असार ।

बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा लागु भएको सहलगानी आयोजनाको काम ७१ प्रतिशत पुराभएको छ । करिब ७ महिनाको अवधिमा इन्टेक, रिजरर्भ टंकी, मुख्य र सहायक पाइपलाइन विस्तार, प्रशासनिक भवन निर्माण समेत गरेर हालसम्म ७१ प्रतिशत काम पुरा भइसकेको संस्थाका अध्यक्ष प्रदिप गौतमले बताउनुभएको छ ।

आयोजना अन्तर्गत पकरीया, पत्थरपुर, बाँसगडीमा खानेपानीको टंकी निर्माण, मुहानमा इन्टेक निर्माण, रुन्टीगढीको झाँग्रीढुङ्गा र बगालेमा ९ किलोमिटर सीआइपाइप विस्तार भएको छ भने १ सय १८ किलोमिटर साहयक पाइपलाइन विस्तार भएको छ । २०८० भदौ १५ गते आयोजनाको निर्माण कार्य पुरा गर्नेगरी मृत संजिवनी स्वामी नारायण सगुन जेभि कन्ट्रक्सनले ३० करोड ७३ लाख ६५ हजार लागतमा बेलझुण्डी खानेपानीसंग २०७८ भदौ ११ गते सम्झौता गरेको थियो । जसमध्य उपभोक्ताले ३० प्रतिशत र नेपाल सरकारले ७० प्रतिशत रकम व्यहोर्नुपर्ने छ । उपभोक्ताले व्यहोर्नुपर्ने ३० प्रतिश रकम मध्य १० प्रतिशत नगद र २० प्रतिशत रकम नगर विकास कोषसंग १५ बर्षलाई खानेपालीले ऋण ल्याएको छ ।
पहिलो चरणमा ५ प्रतिशत रकम जम्मा गर्नुपर्ने भएपछि तुलसीपुर उपमहानगरपालिकाले काम सुचारु गर्न पहिलो किस्ताको एक करोड १५ लाख रुपैयाँ सापटी दिएको थियो । अव दोस्रो किस्ताको रकम भुक्तानीका लागि प्रत्येक उपभोक्तासंग पछि फिर्ता गर्नेगरी पाँच हजार रुपैयाँ सपाटी मागेको संस्थाका अध्यक्ष गौतमले बताउनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर