अपांगतामैत्री संरचना निर्माणका विषयमा अन्तरक्रिया कार्यक्रम

दाङ, १६ असार ।

दाङको तुलसीपुरमा अपांगतामैत्री संरचना निर्माणका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राप्ती बहिरा संघको आयोजना तथा कानुन महिला बालबालिका तथा ज्येष्ठ नागगरिक मन्त्रालयको आर्थिक सहयोगमा समुदायमा आधारित पुनः स्थापना कार्यक्रम अन्तरगत अन्तरक्रिया गरिएको हो । संघकी उपाध्यक्ष रूपा विकको अध्यक्षता एवं बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका सहभागीहरूले अझैपनि अपांगता भएका व्यक्तिहरू सहजै सेवाको पहुँचमा पुग्न नसकेको गुनासो गरे । अस्पताल, विद्यालय, निजी तथा सरकारी कार्यालय, सार्वजनिक स्थललगायतका क्षेत्रमा अपांगतामैत्री संरचनाहरू नहुँदा शारीरीक तथा बौद्धिक अपांगता भएका व्यक्तिहरू न्याय तथा सेवाको पहुँचमा पुग्न नसकेको बताए ।

कार्यक्रममा बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर केसी, तुलसीपुर उपमहानगरकी उपप्रमुख स्यानी चौधरी, दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरी, प्राविधिक शाखाका प्रमोद गौतम लगायतले आगामी दिनमा पालिकामा निर्माण हुने हरेक संचरना अपांगतामैत्री बनाइने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख माया श्रेष्ठ, राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष देवा डाँगी बोलेकी थिइन् । राप्ती बहिरा संघ दाङकी कार्यकारी निर्देशक प्रतिमा शर्माले कार्यक्रमको विषयवस्तुमाथि प्रष्ट्याएकी थिइन् । कार्यक्रमको सहजीकरण अपांगता अभियान्ता बसन्ती वलीले गरेकी थिइन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर