तुलसीपुरमा पेट्रोल छर्किएर घरमा आलो लगाउन खोज्दा श्रीमति जलेर घाइते

दाङ १४ असार

दाङको तुलसीपुरका एक ब्यक्तीले पेट्रोल छर्किएर घरमा आगो लगाउन खोज्दा उनकी श्रीमती जलेर घाइते भएकी छिन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी उज्ववल श्रेष्ठले घरमा पेट्रोल छर्केर आफू पनि मर्ने र घरमा पनि आगो लगाएर ध्वस्त पार्न खोजेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मंगलबार दिउसो १२ बजेतिर श्रेष्ठले घरमा आगो लगाउन खाजेको बताएका छन् ।

घरमा आलो लगाउन खोज्दा उनकी श्रमति २८ बर्षीया माया श्रेष्ठ घाएते भएकी छिन् । श्रेष्ठको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । श्रीमति श्रेष्ठको हात, खुट्टामा जलेको छ । श्रीमतिसंग पटक–पटक विवाद भएकाले आफू तनाबमा भएको भन्दै घरमा आगो लगाउन खोजेको र आफू पनि आत्महत्या गर्न खोजेको प्रहरी समक्ष श्रेष्ठले बयान दिएका छन् ।

उनले श्रीमतिले आफ्रूलाइ पटक–पटक मानसिक तनाब दिएको बयान दिएका छन् । उनले आफूलाई पेट्रोल छर्किएर मार्न खोज्दा घरमा पनि आगो लागेको बताएकी छिन् । आगलागी हुँदा कोठामा रहेका दराज, कपडा, टिभिलगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । स्रोतका अनुसार उनले श्रीमतिलाई पेट्रोल छर्किएर आगो लगाइ हत्या गर्न खोजेका थिए । श्रीमान श्रेष्ठ पटक–पटक इप्रका तुलसीपुुरको थुनामा बस्दै आएका ब्यक्ती हुन् । श्रीमतीलाई कुटपिट गरेको आरोपमा थुनामा बस्दै आएका ब्यक्ती रहेको इप्रका तुलसीपुरका प्रमुख अर्यालले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर