लैङगीक मैत्री स्थानीय सरकार प्राथमिक्ता : उपाध्यक्ष खड्का

दङगीशरण , १४ असार ।

 दङगीशरण गाँउपालिकाका उपाध्यक्ष पीमाकुमार खड्काले लैङिगक नीति कार्यान्वयन पहिलो प्राथमिक्तामा रहेको बताउनुभएको छ । दङगीशरण गाँउपालिकाको आयोजनामा वडा नम्वर ६ श्रीगाँउमा आयोजीत महिला सशक्तिकरण तालिम समापन कार्यक्रममा खडकाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित हुदाको बखत लैङिगमैत्री नीति बनाउन सफल भएको उहाँले चर्चा गर्नुभयो । अव दंङिगशरण गाँउपालिका लैङिगक मैत्री गाँउपालिका हुने उहाँले बताउनुभयो । लैङिगताको नीति भित्र महिला, जेष्ठ नागरिक, बालबालिका, युवा, अपाङगता, सिमान्कृत, अल्पसंख्य लगायतका समुदाय समेटिएकाले उक्त नीति कार्यान्वयन गराउन दोस्रो कार्यकालका लागि उपाध्यक्ष पदमा आफुले स्वीकार गर्दै निर्वाचित समेत भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य टंकी भण्डारीले महिलाहरुलाई अझै पनि सशक्तिरण आवश्यक रहेको बताउनुभयो ।त्यसअवसरमा सहभागी सवीना भण्डारी, योगमाया केसी,दिला केसी लगायतले महिलाहरु घर बाट अझै पनि बाहिर निस्कन नसकेको गुनासो गर्नभयो । पहिलेको भन्दा केही बुझेको, थोरै भएपनि बाहिर निष्कने प्रयास गरेको भएपनि यथोचित रुपमा हुन नसकेको बताउनुभयो । यसकिसिमका प्रशिक्षण तथा अभिमुखकिरणले पछाडी परेको वर्गलाई अगाडी बढ्न भने मद्धत गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।
दुई दिन सम्म सञ्चालन भएको तालिमको प्रशिक्षकमा पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेत,किरण पोखेल र तेजा गैरे हुनुहुन्थ्यो भने तालिम समापन कार्यक्रमको सहजिकरण दंङगीशरण गाँउपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी चन्द्रा वलीले गर्नुभएको थियो । वडा नम्वर ६ का बिभिन्न टोलका ६० बढि महिलाको सहभागिता रहेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर