नीति निर्माणमा हरेक समुदायको अनिवार्य सहभागिता अध्यक्ष : बस्नेत

निरास पाण्डे

शान्तिनगर, १२ असार ।

अपांगता भएका ब्यक्तिहरुको समस्याहरुलाई नितिगत रूपमा समाधान गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन । अपांगता शसक्तिकरण केन्द्र नेपाल वडा नम्बर ५ को आयोजना तथा शान्तिनगर गाउँपालिकाको आर्थिक सहयोगमा आइतबार चिराघाटमा भएको अपांगता अभिमुखिकरण तालीममा सहभागीहरुले यस्तो कुरा बताएका हुन् । साथै बक्ताहरुले अपांगता भएका ब्यक्तिहरुको अन्तरनिहित क्षमतालाई पनि सबैले कदर गर्नुपर्ने बताउदै अपांगहरुलाई स्वरोजगार र व्यावसायिक बनाउनु पर्ने कुरामा जोड दिएका छन ।

कार्यक्रमका प्रमुख अतिथी शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले नीति निर्माणमा हरेक समुदायको अनिवार्य सहभागिता हुनुपर्ने बताउदै अध्यक्ष बस्नेतले नागरिक र जनप्रतिनिधि बिचको सम्बन्ध बिना बिकास असम्भव रहेको बताउनु भएको छ । कार्यक्रमकि विशिष्ट अतिथि उपाध्यक्ष प्रेमा केसीले अपांगहरुलाई शसक्तिकरणका माध्यमबाट उनीहरुको जीवन स्तर उठाउनु पर्ने बताउनु भएको छ। संस्थाकी अध्यक्ष रजनी शाहको अध्यक्षता भएको कार्यक्रममा पत्रकार निराश पान्डे, कार्यपालिका सदस्य रंजिता बोहोरा, महिला शाखा प्रमुख साबित्रा आचार्य र सहभागी लाहानु चौधरीले बोल्नु भएको थियो ।

तालिमको प्रशिक्षकमा मानव अधिकार कर्मी द्वय निर्मल नेपाली र सुशील बस्नेत रहनु भएको थियो, भने सहजीकरण सुमन गौतमले गर्नु भएको थियो । तालिममा कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, अपांगताको क्षेत्रमा काम गर्ने प्रतिनिधि र पत्रकार गरि ५० जनाको को सहभागिता रहेको थियो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर