दुब्र्यसन विरुद्ध शान्ति समाजको विद्यालय केन्द्रित अभियान

सुशील बस्नेत
दाङ,१२ असार ।

मानव अधिकार तथा शान्ति समाजले दुब्र्यसन विरुद्ध विद्यालय केन्द्रित कार्यक्रम गरेको छ । शान्ति समाजले जुन २६ अर्थात लागु औषध ओसारपसार विरुद्धको दिवसका अवसरमा कार्यक्रम गरेको हो ।

दाङमा मात्र २० बढी विद्यालयमा विद्यार्थी,शिक्षक र कर्मचारीसँग अन्तरक्रिया समेत गरेको शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले जानकारी दिनुभयो । शान्ति समाजले तयार पारेको लागुऔषध मदिरा दुब्र्यसन विरुद्ध अवधारण पत्र बितरण गरिएको छ । अवधारणा पत्रमा अभिभावकको भूमिकामा १० वटा बुँदा समेटिएका छन् । कही आफ्नो सन्ततिहरु किशोरास्थामा लागु औषध मदिरा दुब्र्यसनको शिकार त भईरहेको छैनन् ,अभिभावकीय कर्तब्य पुरा गर्नका लागि अभिभाबकीय निगरानी आवश्यक छ । लागुऔषधको दुष्प्रभाव र भबिष्यमाथि कुठाराघाट सम्बन्धमा घनिभूत पारिवारिक संबाद आबश्यक छ ।

विद्यालयको भूमिकामा लागुऔषध मदिरा दुब्र्यसनमुक्त विद्यालय बनाउन बिशेष योजना सहित दुब्र्यसन रोकथाम कार्यक्रम प्रत्येक विद्यालयसँग हुनुपर्छ,यसका लागि दुब्र्यसन रोकथाम विद्यालय शिक्षा कार्यक्रम प्रत्येक विद्यालयमा सञ्चालन गर्नुपर्छ लगायतका १० वटा बुँदा समेटिएका छन् । समुदायको भूमिकामा लागू औषध मदिरा दुब्र्यसनमुक्त समुदाय निर्माण गर्न समुदायसँग बिशेष योजना हुनुपर्छ लगायतका १० वटा बुँदा समेटिएका छन् । त्यस्तै लागुऔषध मदिरा दुब्र्यसनमुक्त कार्यस्थलमा कार्यस्थललाई दुब्र्यसनबाट सुरक्षित बनाउन सम्बन्धित निकाय कार्यालय संस्थामा दृढ अठोट हुनुपर्छ लगायतका १० वटा बुँदा समेटिएका छन् । युवा पूस्तालाई बिशेष आग्रहमा लागुऔषध मदिरा दुब्र्यसनले ब्यक्तिलाई बिक्षिप्त,परिवार तहसनह र समाजलाई अस्तब्यस्त बनाउँछ । समग्रमा भन्नुपर्दा दुब्र्यसनले ब्यक्तिमा भबिष्य समाप्त गर्नुका साथै घरपरिवार,समाज माथि पछि घात गर्छ । तसर्थ दुब्र्यसनी हुनु भएको आफुलाई समाप्त गर्नुका साथै घरपरिवार,समाज माथिको जघन्य अपराध पनि हो भन्ने उल्लेख छ ।

अबधारण पत्र माबि तुलसीपुर सेन्टर,महेन्द्र माबि,राप्ती बिद्या मन्दिर,ग्रेट अरणिको,मावि कालाखोला, लिटेलहेभन,माबि बालापुर,ज्ञानेदय बोडिङ स्कुल,जनप्रिय स्कुल, माबि अस्वार,माबि दोघरे,हिमाल ऐकाडेमी,भ्याली टप,डिभाईन टेम्पल,ज्ञानज्योति,अमर माबि लगायत २० वटा विद्यालयमा अन्तरक्रिया तथा अवधारण पत्र बितरण गरिएको छ । कार्यक्रममा शान्ति समाजका बिरष्ठ उपसभापति सुशील बस्नेत,केन्द्रिय सचिव निर्मल नेपाली,शाखा सभापति तुलसीराम सुनार,सचिब निर्मला योगी,सहसचिव उषा गौतम,कोषाध्यक्ष कोमल डाँगी,सदस्य भीमलाल मरासीनि,माधव बस्नेत,यज्ञ बिक र पूर्ब कोषाध्यक्ष अमृतप्रसाद शर्मा सहभागि हुनुभएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर