मोरङमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु
![](https://i0.wp.com/dangtvonline.com/wp-content/uploads/2022/06/death_body_wQSNg6LSKv.jpg?fit=810%2C456&ssl=1)
बुढीगंगा गाउँपालिका–४ स्थित सडकमा को.१ च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ६९ वर्षीय मंगल राम रहेका छन् । उनको शनिबार साँझ मृत्यु भएको हो ।
बाटो क्रस गर्दै गरेको अवस्थामा उक्त एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका एम्बुलेन्स चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।