पाठ्यपुस्तक अभावको समस्या समाधान हुन अझैँ एक हप्ता लाग्ने

काठमाडौँ, १० असार । 

मुलुकभरमा देखिएको पाठ्यपुस्तक अभावको समस्या समाधान हुन अझैँ कम्तिमा एक हप्ता समय लाग्ने भएको छ । एक महिनाभित्रै पाठ्यपुस्तक अभावको समस्या समाधान गर्न संसदीय समितिले दिएको समयावधि सकिन केही दिन मात्रै बाँकी रहँदा जनक शिक्षा सामग्री केन्द्रले ९५ प्रतिशत पाठ्यपुस्तक छाप्ने काम सकिएको बताएको हो । अझैँ १० लाख पुस्तक छाप्न बाँकी रहेको र यो एक साताभित्र छापिसक्ने केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले बताउनुभयो । असारको १५ सम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याइएसक्ने लक्ष्य जनक शिक्षा सामग्री केन्द्रले लिएको छ । सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर