मेलिना राई र निशान भट्टराईको नयाँ गीत सार्वजनिक
![](https://i0.wp.com/dangtvonline.com/wp-content/uploads/2022/06/anu_nd_lomas_POOag49h4I.jpg?fit=752%2C461&ssl=1)
गायिका मेलिना राई र गायक निशान भट्टराईको मिठासपूर्ण स्वर रहेको गीत ‘ज्योतिषीले भनेको’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको फ्युजन रहेको गीतमा कृति न्यौपानेले संगीत भरेका हुन् । प्रमोद भट्टराईको शब्द रहेको गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् । गीतमा शब्दमा प्रेम गर्नेहरुलाई भाग्यमा भन्दा पनि संघर्षमा विश्वास गर्न अनुरोध गरिएको छ ।
भिडियोमा मोडलद्वय अनु पराजुली र लोमस शर्माको नृत्य रहेको छ । फर्पिङ आसपासका स्थानमा छायाङ्कन भएको भिडियोलाई विनोद बमले निर्देशन गरेका हुन् ।