हिंसा प्रभावितहरुको लागि न्यायिक पहुचको माग गर्दै ध्यानाकर्षण

हिंसा प्रभावितहरुको लागि न्यायिक पहुच दिन माग गर्दै राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशले तुलसीपुर उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । हिंसा पिडितलाई न्यायीक पहुँचको लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउदै महासंघले न्यायिक पहुच बढाउन र पीडितलाई न्याय दिन माग गरेको छ ।

असार ४ गते बौद्धिक अपांगता भएकी युवतीमाथी भएको सामुहिक बलात्कारप्रति राष्ट्रिय अपांग महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले बौद्धिक अपांगता भएकी २५ वर्षीय युवतीमाथी सामुहिक बलात्कार गर्ने अपराधिहरुलाई कानुनी दायरमा ल्याएर तत्काल कानुनी कारवाही गर्न माग समेत गरेको छ । अपांगता भएका व्यक्ति विरुद्ध हुने भेदभाव अन्य गरी उनीहरुको न्यायमा पहुँच पु¥याउन आग्रह पनि गरिएको छ ।

उपमहानगरपालिका मार्फत सम्वन्धित निकायलाई आवश्यक निर्देशन र जिल्लाका सरकोकारवाला निकायहरुसंगको समन्वय र आवश्यक पहलमा पीडित बौद्धिक अपांगता भएकी युवतीको उद्धार, सुरक्षा र घटनाको निश्पक्ष छानविन गरी उचित न्यायका लागि अपांग महासंघको ध्यानाकर्षण भएको राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशकी उपाध्यक्ष देवा डाँगीले जानकारी दिइन् ।

महासंघका कोेषाध्यक्ष अजयकुमार शर्मा, महासंघका सल्लाहकार एवं राप्ती बहिरासंघ दाङका निर्देशक प्रतिमा शर्मा, नगरस्तरीय अपांगता सञ्जाल अध्यक्ष तिलसरा पुन, अपांगता सञ्जाल शान्तिनगर सचिव वसन्ती वली, अपांग समाजसुधार केन्द्रका अध्यक्ष हुमकान्त कँडेल लगायतले संयुक्त रुपमा उक्त ध्यानाकर्षणपत्र बुझाएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर