सहकारी नियमन र व्यवस्थापन अनिवार्य : नगरप्रमुख खडका

तुलसीपुर २९ जेठ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खडकाले सहकारी संस्थाको नियमन र व्यवस्थापन अनिवार्य रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेशस्तरीय बचत सहकारी संस्थाहरुका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख खडकाले सरकारको तीन खम्बे अर्थ नीतिमा रहेको सहकारीले समुदायमा आर्थिक पक्षलाई सबल बनाउनका लागि व्यवस्थापन कार्यमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालय सहकारी प्रशिक्षालय बाँकेका प्राचार्य विनोदकुमार पौडेलको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खडकाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । प्र्मुख अतिथि खडकाले सहकारी संस्था समुदायभन्दा व्यक्ति केन्द्रीत हुँदा व्यवस्थापनमा समस्या सिर्जना भएको बताउनुभयो । उहाँले सहकारी संस्थाहरुले समुदायमा वित्तीय सचेतना ल्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सहकारी संघका सचिव रुपबहादुर खत्रीले सहकारी संस्थाको व्यवस्थापनमा राज्यले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा दाङ र रुकुमका सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा सहकारी प्रशिक्षक विश्वलाल खडकाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर