दाङमा खैरो हिरोईन सहित २ जना पक्राउ

तुलसीपुर, २१ जेठ ।

दाङमा प्रहरीले २ ग्राम खैरो हिरोईन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमको पुथा–उत्तरगंगा गाउँपालिका–७ निबासी २० बर्षका विशाल बुढामगर , घोराही उपमहानगरपालिका–१६ निबासी ३० बर्षका रमेश पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभएको छ ।

पक्राउ परेका दुबैजनाको साथबाट प्रहरीले २ ग्राम ३० मिलीग्राम खैरो हिरोइन बरामद गरेको छ । प्रहरीले गएराति घोराहीको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दैगर्दा पक्राउ गरेको जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर