स्वरुपराज आचार्यको सन्देशमूलक गीत ‘खोजी हिँडे’ सार्वजनिक

गायक स्वरुपराज आचार्यको गीत ‘खोजी हिँडे’ सार्वजनिक भएको छ । भामा देवकोटा शर्माको शब्द रहेको गीतमा विष्णु तामाङले संगीत दिएका छन् । गीतकार भामा पेशाले चिकित्सक हुन् ।
बलात्कारको घटनालाई  गीतको म्युजिक भिडियोले उठान गर्न खोजेको छ । वसन्त सापकोटाको निर्देशन रहेको भिडियोमा डा. प्रमोद शर्मा, अमृता श्रेष्ठ र खेमनाथ खनालको अभिनय देख्न सकिन्छ ।
दिनेश पराजुलीको छायांकन रहेको भिडियो उत्तर राना मगरले सम्पादन गरेका हुन् । गीत प्रभामा क्रियसन नामक युट्युब च्यानाल मार्फत सार्वजनिक गरिएको हो । 

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर