तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

तुलसीपुर ११ जेठ ।

तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट नगरप्रमुखका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी भएका हुन् । एमालेका खड्काले नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मतअन्तरले पराजित गर्दै विजयी भए ।

खड्काले ३१ हजार ४०८ मत प्राप्त गरे भने गिरीले २७ हजार ७१७ मत प्राप्त गरे । गठबन्धनबाट उम्मेदवार बनेका गिरी अघिल्लो चुनावमा पनि एमालेका घनश्याम पाण्डे सँग पराजित भएका थिए । गिरी पूर्व सांसद समेत हुन् । यस्तै उपप्रमुखमा चौधरीले गठबन्धनबाट एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित गरिन् ।

चौधरीले ३० हजार ५९७ मत प्राप्त गर्दा रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् । रानाले मतपरिणाम आउनु अगावै हार्ने निश्चित भएपछि नेकपा एकीकृत समाजवादीको जिल्ला इन्चार्जबाट राजीनामा दिएका थिए । तुलसीपुरमा १९ वटा वडामध्ये १० वटा एमाले, ५ वटा कांग्रेस, ३ वटा माओवादी र स्वतन्त्रबाट एकजनाले जितेका छन् । तुलसीपुरमा ७३ हजार मत खसेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर