मुल्य बृद्धिको विरुद्धमा दाङमा विरोध प्रर्दशन हुने

तुलसीपुर, ९ जेठ । 

पेट्रोलियम पदार्थको मुल्य बृद्धि विरुद्धमा देशभर विरोध प्रर्दशन हुने भएको छ । एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले मुल्य बृद्धिको विरोधमा भोली जेठ १० गते देशव्यापी रुपमा प्रर्दशन गर्न लागेका छन् । सरकारले गएराती १२ बजेदेखी लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा संगठनले भोली दिउँसो ३ बजे माईतीघर मण्डला र उपत्यका बाहिर प्रत्येक जिल्लाका सदरमुकाममा विरोध प्रर्दशन गर्ने भएको हो ।

सोहि अनुरुप दाङमा पनि विरोध प्रर्दशनको कार्यक्रम रहेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सुरेस रावतले जानकारी दिनुभयो । सरकारले हप्ता दिन नवित्दै पेट्रोलियम पदार्थको मुल्य बढाएको छ भने सात महिनाको अवधीमा २० पटक मुल्य बृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर