कृष्णनगरमा शाहको सानदार जीत
![](https://i0.wp.com/dangtvonline.com/wp-content/uploads/2022/05/280698185_2143334842482941_3463869561061145780_n.jpg?fit=615%2C461&ssl=1)
अजय मिश्र,
कृष्णनगर, ६ जेष्ठ ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका दोस्रो पटक नगर प्रमुखमा रजत प्रताप शाह विजयी भएका छन् l पहिलो स्थानीय चुनावमा स्वतंत्र उमेदवार भै विजयी भएका रजत प्रताप शाह अहिलेको स्थानीय चुनावमा राप्रपाका उमेदवार दिपक रजौरीया लाई १४९६ मतान्तरले पछि पार्दै नगर प्रमुखमा पुन विजयी भएका छन् l अहिलेको स्थानीय चुनावमा हजार भन्दा बढी मतले विजयी भएका शाह जनता माझ लोकप्रिय नेता का रूपमा परिचित छन् l उनी सरल स्वभाव तथा सबैको सुख दुःख मा सहभागी हुदै नगर लाई विकासको बाटोमा अग्रसर गराउदै आएका छन् l त्यस्तै नगर उप प्रमुखमा नेपाली कांग्रेस की उप प्रमुख उमेदवार आरती चौधरी समेत विजयी भएकी छन् l नगर प्रमुख तथा उप प्रमुख पदमा विजयी भएका लाई सुभ चिंतक हरूले बधाई दिनेको ओइरो लागेको साथै विजय जुलुस सहित नगर परिक्रमा गरेका छन् l