समृद्ध शान्तिनगर बनाउनका लागि कांग्रेसले जित्नु पर्छ बस्नेत
![](https://i0.wp.com/dangtvonline.com/wp-content/uploads/2022/05/20220506_134015-scaled-1.jpg?fit=810%2C383&ssl=1)
निराश पान्डे
शान्तिनगर, २३ बैशाख ।
नेपाली कांग्रेस शान्तिनगर गाउँ पालिकाका अध्यक्ष पदका युबा उम्मेदवार प्रमोद बस्नेतले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा समृद्ध शान्तिनगर बनाउनका लागि कांग्रेसले जित्नै पर्ने बताएका छन।अध्यक्ष पदका उम्मेदवार बस्नेतले आज शान्तिनगरको वडा नम्बर दुइमा गरिएको ¥याली पश्चात् कोणसभा लाई सम्बोधन गर्दै बस्नेतले कांग्रेसले चुनाव जित्छ तपाईं हरु ढुक्क हुनुहोस अब शान्तिनगर गाउँ पालिकाले बिकास निर्माणमा फडको मार्छ उक्त कार्यक्रममा उपाध्यक्ष पदकी उम्मेदवार प्रेमा बुढाथोकी के सि , वडा नम्बर दुई बाट अध्यक्ष पदकी उम्मेदवार टोपेन्द्रा खड्काले पनि कांग्रेस उम्मेदवारलाई जिताउन मतदाता समक्ष आग्रह गरेका छन।
आजै अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेतले वडा नम्बर(५ र वडा नम्बर एकको विभिन्न स्थान हरुमा घर दैलो कार्यक्रमलाई निरन्तरता दिएका छन। उक्त दुई नम्बर वडामा नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र, नेकपा एमाले र स्वतन्त्र को तिब्र प्रतिस्पर्धा रहेको छ।