प्रधानमन्त्री देउवा शुक्रवार भारत भ्रमणमा जाँर्दै

काठमाण्डौ,१६ चैत ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १८, १९ र २० गते भारत भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मंगलवार मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्रालयका प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिनुभएको हो । चैत्र १८ अपरान्ह ४ बजे प्रधानमन्त्री देउवा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने छ । सोही भ्रमणको अवसरमा जनकपुर–जयनगर रेलवे सेवा उद्घाट गर्ने तयारी पनि भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो शनिबार संयुक्त रुपमा जनकपुर–जयनगर रेलवे सेवा उद्घाटन गर्ने तयारी भएको हो ।

यस्तै प्रवक्ता लम्सालले श्रीलंकामा भइरहेको विमेष्टक राष्ट्रहरूको पाँचौं सम्मेलनमा भोली प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट बैठकमा संवोधन गर्ने जानकारी पनि दिनुभयो । परराष्ट्रमन्त्री नारायण खड्का सो बैठकमा सहभागी हुन कोलोम्बो पुग्नुभएको छ भने ५ वटा सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको छ । यस्तै चिनियाँ विदेशमन्त्री वाङ् यीको ३ दिने नेपाल भ्रमण दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थप्न सफल भ्रमण भएको उहाँले बताउनुभयो । हालसम्म नेपालको १ सय ७५ देशसँग कुटनीतिक सम्बन्ध स्थापना भएको बताउदै उहाँले नेपाल र दक्षिण सुडानकाबीच कुटनितिक सम्बन्ध स्थापना अघि बढेको जानकारी दिनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर