पहिरोमा पुरियो एक्स्काभेटर, दाङ-सल्यान सडकखण्ड अबरुद्ध

सल्यान ९ चैत ।

दाङ(सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोले एक्स्काभेटर पुरिएको छ । स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् ।

सल्यानको कपुरकोट(३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला(ठूला ढुंगाले एक्स्काभेटरको केही भाग पुरिएको छ ।

अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको डिएसपी सुमित खड्काले जानकारी दिए । जोखिमयुक्त स्थान भएकाले एक्स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

दाङबाट अर्को एक्स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ । आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने अनुमान प्रहरीले गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर