अकोराबकाे सम्मेलन भाेलि देखि नेपालगञ्जमा, कानुन मन्त्री बडूले उद्घाटन गर्ने

नेपालगञ्ज । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १६ औँ वार्षिक साधारणसभाको तयारी पूरा भएको छ ।

अकोराबले आफ्नो २२औँ स्थापना दिवसको अवसर पारेर बाँकेको नेपालगञ्जमा बुधवार र विहिवार गरि दुई दिने साधारण सभा तथा सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

सम्मेलनको कानुन न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्घाटन गर्ने कार्यक्रम रहेको अकोरावका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

यसै विच आज नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै अकोराबले कार्यक्रमको सबै तयारी पूरा भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा अकोरावका अध्यक्ष गिरीले सम्मेलनले सामुदायिक रेडियोहरूको अबको कार्यदिशा तय गर्ने बताए ।

दुई दिने सम्मेलनले सामुदायिक रेडियो आन्दोलनलाई थप बलियो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको उनले बताए ।

मुलुकमा भएका ठूला परिवर्तन र विपदमा सामुदायिक रेडियोहरूले खेलेको भूमिकाकै कारण स्रोताहरूको विश्वास बढ्दै गएको उनको भनाइ थियो ।

‘यो माया र विश्वासलाई जोगाइ राख्न अकोराब प्रतिबद्ध छ ।’ अध्यक्ष गिरीले भने । सम्मेलनले नयाँ ऊर्जा र अवधारणा बनाउन मद्दत पुग्नेमा उनले जोड दिए ।

साधारण सभा र राष्ट्रिय सम्मेलनमा देशभरका ३ सय ६१ सामुदायिक रेडियोका प्रतिनिधि उपस्थित हुने अकोराबका महासचिव किशोरजङ्ग थापाले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर