नेता तिवारी लुम्बिनी प्रदेश सदस्यमा(मधेसी तर्फ) उम्मेदवारी दिने घाेषणा

कपिलवस्तु, मंसिर १७

नेपाली काँग्रेस कपिलवस्तुका कर्मठ, झुझारु , इमान्दार युवा नेता कपिल देव तिवारीले नेपाली काँग्रेस पार्टीको आसन्न १४ औँ महाधिबेशन अन्तर्गत लुम्बिनी प्रदेश सदस्य पदमा (मधेसी तर्फ) उम्मेदवारी दिने घोषणा गरेका छन । प्रदेशको विकास शान्ति र स्थायित्वका लागि मेरो काँग्रेसको लुम्बिनी प्रदेश सदस्य पदमा उमेद्धवारी दिने तिवारीले बताए ।
तिवारी वुद्धभूमी नगरपालिका वडा नं ८ का वडाध्यक्ष समेत रहेर जनताको सेवा गरिरहेका छन् l नेपाली कांग्रेस पार्टी कपिलवस्तुका पूर्व जिल्ला सदस्य समेत तिवारी रहेका थिए l
प्रदेश सदस्य पदका उम्मेदवार तिवारी कपिलवस्तुका लोकप्रिय, निष्ठावान तथा ईमान्दार नेताका रुपमा परिचित छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर