सल्यानको बागचौर नगरपालिकाको आइशोलेसन केन्द्रमा मिनि अक्सिजन प्लान्ट जडान
आज मिति २०७८ साल असार १७ गते बागचौर नगरपालिका सल्यान को कोभिड १९ आइसोलेसन केन्द्रमा मिनी अक्सिजन पलान्ट नगर प्रमुख लोकमान बुढाथोकीले उद्घाटन गर्नुभएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रबाट आवश्यक सामाग्री सहित ७ जनाको प्राविधिक टिमले मिनी अक्सिजन प्लान्ट जडान गरेर नगरपालिकालाई हस्तान्तरण गरेको हो । राष्ट्रिय आविष्कार केन्द्रबाट आएको टिमलाई नगरपालिकाले सम्मान सहित बिदाइ गरेको छ ।
अक्सिजन पलान्टले प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन गर्ने जडानमा संलग्न प्राबिधिक टोलीले बताएको छ । २ दिनको समयमा राष्ट्रिय अविष्कारको टिमले उक्त अक्सिजन मिनि प्लान्ट जडान गरेको हो । कोरोना संक्रमण भएका बिरामीको उपचारमा उक्त अक्सिजन प्लान्टले धेरै सहजता थप्ने बताउदै नगर प्रमुख बुढाथोकीले जनताको स्वास्थ्यमा अर्को सहजता थपिएको बताएक छन् ।
उनिले उक्त कार्यमा सहजीकरण गर्ने भरत डिसी ” शिशिर” लाई बिशेष धन्यवाद व्यक्त गरेका थिय । यस कार्यक्रममा नगर उपप्रमुख कल्पना पुन, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, नगरपालिकाका कर्मचारी र आइसोलेसन केन्द्रका मेडिकल अफिसर जीवन बस्नेत लगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।