दाङमा एक पत्रकार माथी दुव्र्यवहार,
तुलसीपुर, ८ जेठ ।
दाङमा एक पत्रकार माथी दुव्र्यवहार भएको छ । नेपाल पत्रकार महासंघ दाङका सदस्य शिवराज खनाल माथी दुव्र्यवहार भएको घटनाको भत्र्सना गरिएको छ । महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके सितलले एक प्रेस विज्ञप्ती जारी गदै घटनाको निन्दा गर्नु भएको छ । रेडियो देउखुरीका स्टेशन म्यानेजर समेत रहेका सदस्य खनाल शनिवार विहान रेडियोमा जाने क्रममा लमही बजार नजिकै दुव्र्यवहार भएको थियो ।
केहि दिन अघि धानको बीउ खोजी गर्दै एग्रोभेटमा पुगेका किसानहरुलाई हाईब्रिड धानको नाममा झुक्याएर अन्य धानको बिउ बिक्री गरेको विषयमा समाचार लेखेकै कारण लमहीमा रहेको दर्शन स्वर्गद्धारी एग्रोभेट सेन्टरका सञ्चालक एवं लमही नगरपालिकाका पशु उपशाखा प्रमुख शिवराज न्यौपानेले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । न्यौपानेले पत्रकारको लाईसेन्स माग्दै अपशब्द प्रयोग गरेर ज्यान मार्ने धम्की दिएको विज्ञप्तीमा भनिएको छ ।
समाचारमा चित्त नबुझे खण्डन गर्ने एवं विभिन्न अन्य माध्यम हुँदाहुँदै पनि कार्यसमिति सदस्य खनालमाथी भएको दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघ दाङ शाखा भत्र्सना गर्दछ , खनालमाथी दुव्र्यवहार गर्ने न्यौपानेलाई कारबाहीको लागी सम्बन्धित निकायसँग माग पनि गर्दछौं,