बेलझुण्डिमा थप ४ जना संक्रमित डिस्चार्ज, २ जना संक्रमितको मृत्यु,
तुलसीपुर, १ जेठ ।
दाङको तुलसीपुरमा रहेको कोरोना विशेष अस्पताल बेलझुण्डिमा भर्ना भई थप चार जना संक्रमित डिस्चार्ज भएका छन् । उनीहरु विभिन्न समयमा कोरोना संक्रमण भई अस्पतालमा भर्ना भएका थिए । अस्पतालका व्यवस्थापक दोर्ण वलीले दिएको जानकारी अनुसार तुलसीपुरका ३ र घोराहीका १ जना गरी चार जनाले कोरोना संक्रमणलाई जित्न सफल भएका छन् । उनीहरुलाई शनिवार डिस्चार्ज गरिएको हो ।
दुई जनाको मृत्यु
अस्पतालमा भर्ना भई उपचाररत थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नम्वर ४ बस्ने ७० बर्षिय एक पुरुष रहेको व्यवस्थापक वलीले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएपछि उहा गएको बैशाख २४ गतेदेखी अस्पतालको एचडियु कक्षमा उपचाररत हुनुहुन्थ्यो ।
उहाको शनिवार दिउँसो मृत्यु भएको हो । यस्तै घोराही १४ का ७४ बर्षिया एक महिलाको पनि शनिवार दिउँसो मृत्यु भएको अस्पतालका व्यवस्थापक वलीले जानकारी दिनुभयो ।गएको बैशाख २१ गतेदेखी उहा आईसियु कक्षमा उपचाररत हुनुहुन्थ्यो ।