उपचारका लागि पत्रकार बस्नेतलाइ महासंघद्धारा १५ हजार सहयोग,
तुलसीपुर, १ जेठ
कोरोना संक्रमण भई युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियू कक्षमा लामो समयदेखि उपचाररत नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य तथा रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेतको उपचारका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाले आर्थिक सहयोग गरेको छ ।
उहाँलाई उपचारमा आर्थिक समस्या भएकाले पत्रकार महासंघ दाङ शाखाको पत्रकार सहायता कोषबाट १५ हजार रुपयाँ सहयोग गरिएको छ । पत्रकार बस्नेतको उपचारमा अझै समस्या भएकाले सम्पूर्ण सञ्चार संस्था, पत्रकार लगाएत अन्य सहयोगीहरुलाई आर्थिक सहयोग गरी जीवन बचाउने मानवीय कर्ममा सरिक भैदिन नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सबैमा आग्रह गनुभएको छ ।