कपुरकोटमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु

सल्यान
३१-बैशाख/

 सल्यानको कपुरकोटमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ भने १५१ जना संक्रमित भएका छन् । बैशाख यता मात्रै कोरोना संक्रमित २ जना महिला र एक जना पुरुषको मृत्यु भएको गाउँपालिकाले जनाएको छ । यस्तै चालु आर्थिक वर्षको हाल सम्म १५१ जनामा संक्रमण पुष्टी भएको गाउँपालिकाका कोरोना फोकल पर्सन देवेन्द्र कुमार सेनले बताए ।

उनका अनुसार मिति २०७७ साउन ३ गते देखी २०७७ पुस ९ गते सम्म ७६४ जनाको पिसिआर परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । उनीहरु सबै कोरोना मुक्त भएका छन् । यस्तै बैशाखयता विहिबार सम्म २२९ जनामा परिक्षण गर्दा ११३ जनामा संक्रमण भेटिएको छ । यी मध्ये २८ जना संक्रमण मुक्त भइसकेका छन् भने ८० जना होम आइसोलेसन र २ जना अस्पतालमा उपचाररत छन् ।

पछिल्लो पटक यहि बैशाख २३ गते संकलन गरिएको १५३ जनाको स्वाबको नमुना पशुपञ्छी रोग अन्वेशन प्रयोगशाला सुर्खेतमा २८ गते परिक्षण गर्दा ८० जनामा कोभिड संक्रमण पुष्टी भएको थियो । कपुरकोेटमा बस्ती स्तरमा कोरोना फैलिसकेको छ ।

कोरोना नियन्त्रण, रोकथाम, उपचार र कोरोनाबाट मृत्यु हुनेहरुको शव ब्यवस्थापनमा गाउँपालिकाले निरन्तर काम गरिरहेको जनाएको छ । कर्णाली प्रदेशको प्रवेशद्धारको रुपमा रहेको कपुरकोटमा गाउँपालिलकाले हेल्थ डेस्क स्थापना गरेर दैनिक रुपमा कपुरकोट नाका भएर भित्रने व्यक्तिहरुको स्क्रिनिङ गर्दै आएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर