दाङमा लकडाउन भर हप्ताको दुई दिन बैंक खुल्ने
दाङ, २४ बैशाख ।
दाङमा हप्ताको दुई दिन बैंकहरु खुल्ने भएका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन अवधीभर हप्ताको दुई दिन विहान ११ बजेदेखी दिउँसो १ बजे सम्म बैंक खुला गर्ने निर्णय गरेको हो । बैंकहरुको समयतालिका निर्धारण गरिएको छ ।
ती बैंकहरुले आफनो पालो अनुसार सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।