सुर्खेतमा १ कोरोना संक्रमित पुरुषको मृत्यु
१४ वैशाख, सुर्खेत ।
कोरोना संक्रमणबाट सुर्खेतमा थप एकजनाको मृत्यु भएको छ ।
तिला गाँउपालिका–२ जुम्लाका ७६ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सूचना अधिकारी चौधरीका अनुसार ती पुरुषको मंगलबार बिहान उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा मृत्यु भएको हो । उनी वीरेन्द्रनगरमा बस्दै आएका थिए ।
दीर्घरोगबाट समेत ग्रसित ती पुरुष आइतबार राति प्रदेश अस्पताल कालागाउँमा भर्ना भएका थिए । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।