तुलसीपुरमा एक कोरोना संक्रमितको निधन

तुलसीपुर, १३ बैशाख । 

तुलसीपुरमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ । तुलसीपुरको बेलझुण्डिमा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत तुलसीपुर ७ का ४० बर्षिय एक पुरुषको सोमवार दिउँसो निधन भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उहा शुक्रवार अस्पतालमा भर्ना भई आईसियु कक्षमा उपचाररत रहनु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो । व्यवस्थापक वलीका अनुसार उहामा निमोनियाको पनि समस्या देखा परेको थियो । यो संगै अस्पतालमा भर्ना भई मृत्यु हुनेको संख्या १२ पुगेको छ भने जिल्लामा ६२ पुगेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर