तुलसीपुरमा थप ४१ जनामा कोरोना सक्रमण पुष्टि
तुलसीपुर ११ बैशाख ।
तुलसीपुरमा थप ४१ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएकाे छ । तुलसीपुरका नागरिकमा दिनहुँ कोरोना सक्रमण देखीने गरेको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ३७ र नेश्नल ल्यावमा परिक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका कोभिड १९ फोकल पर्सन केसीले जानकारी दिनुभयो । शनिबार उपमहानगरपालिकाका कर्मचारी र सामुदायिक बिद्यालयका शिक्षकमा पनि कोरोना देखिएको छ ।