वीरगञ्जमा एक कोरोना संक्रमित महिलाको मृत्यु
![](https://www.dangtvonline.com/wp-content/uploads/2021/04/19453124751514409663-810x411.jpg)
९ वैशाख, वीरगञ्ज ।
वीरगञ्जमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्ज– १६ की ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।
वैशाख ७ गते नारायणी अस्पतालमा भर्ना भएकी उनको बिहीबार बिहान सवा १ बजे मृत्यु भएको हाे । बैशाख ३ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ती महिला वीरगञ्ज नर्सिङ कलेजमा भान्छेको रुपमा कार्यरत थिइन् । वैशाख ३ गते तीन जना भान्छेमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई होम आइसोलेसनमा राखिएको थियो । वीरगञ्ज नर्सिङ कलेजका २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
नारायणी अस्पतालमा ३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरुमध्ये २९ जनालाई अक्सिजन दिएर राख्नुपरेको अस्पतालले जनाएको छ ।