देशभर थप ३३७ कोरोना संक्रमित
काठमाडौं
२८-चैत/
पछिल्लो २४ घण्टामा नेपाल भित्र थप तीन सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो परीक्षण गरिएका कुल नमूनाको नौ दशमलव ५४ प्रतिशत हो ।
यस्तै एक सय ५१ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार आठ सय ८६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३९ पुगेको छ । अहिले नेपालमा दुई हजार आठ सय जना सक्रिय सङ्क्रमित रहेका छन् ।