तुलसीपुरमा प्यारागलाईडिङ, अटो मोवाईल र म्युजिक फेस्टिबल हुने

तुलसीपुर, ७ चैत ।

दाङको तुलसीपुरमा प्यारागलाईडिङ, अटो मोवाईल र म्युजिक फेस्टिबल हुने भएको छ । चन्द्र सूर्य यातायात प्रालिको आयोजनामा तुलसीपुरमा उक्त मेला हुन लागेको हो । अटो मोवाईलको प्रचार–प्रसार तथा बजारिकरणकालागि चैत २७ गतेदेखि बैशाख ६ गतेसम्म उक्त मेला हुन लागेको मुल आयोजक समितिका संयोजक शम्भु रेग्मीले बताए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँ स्थित गोरखा सेकेन्डरी स्कुल देखि दक्षिण तिरको खुल्ला मैदानमा मेला हुन लागेको हो । शनिबार पत्रकार सम्मेलन गरि प्याराग्लाईडिङ समेत ल्याईने जानकारी दिईएको हो । त्यस्तै मेलामा मोटरसाईकल, अटोरिक्सा, स्कुटर, बिभिन्न ब्रान्डका बस, कार, भ्यानलगायतका यातायातका साधनहरु प्रदर्शनीमा राखिने छ ।

त्यस्तै प्रदेश स्तरीय साइकिलिङ प्रतियोगिता पनि हुने छ । जसको प्रथम पुरस्कार रु एकलाख, द्धितिय पुरस्कार रु ५० हजार, तृतिय पुरस्कार रु. २५ हजार र सान्त्वना पुरस्कार रु १० हजार रहेको छ । उक्त प्रतियोगिता २१ गते हुनेछ । नाम दर्ता चैत २० गतेसम्म गरिनेछ । साइकिलिङ प्रतियोगिताको संयोजकमा पर्बत बस्नेत रहेका छन् ।

उद्घाटनको दिन शोभायात्र प्रदर्शन समेत गरिने छ । प्रदर्शनमा सहभागि संस्थाहरुबाट उत्कृष्टलाई पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ । मुल आयोजक समितिका संयोजक रेग्मीका अनुसार प्रथम पुरस्कार १५ हजार, द्धितिय पुरस्कार १० हजार र तृतिय पुरस्कार ५ हजार रहेको छ । जसको संयोजक गोपीनाथ योगी रहेका छन् । त्यस्तै लोकदोहोरी प्रतियोगिता पनि हुने भएको छ । चैत २८ गतेदेखि बैशाख ५ गतेसम्म प्रदेश स्तरीय दोहोरी प्रतियोगगितामा सहभागिताकालागि समेत अनुरोध गरिएको छ । जसको प्रथम पुरस्कार रु. १ लाख, द्धितिय पुरस्कार रु ५० हजार, तृतिय पुरस्कार रु २५ हजार र सान्त्वना पुरस्कार रु १० हजार रहेको छ ।

त्यस्तै चैत २८ देखि बैशाख ५ गतेसम्म प्रदेशस्तरी एकल नृत्य प्रतियोगिता पनि हुने भएको छ । जसम प्रथम हुनेलाई ६० हजार, द्धितिय हुनेलाई ४० हजार, तृतिय हुनेलाई २० हजार र सान्त्वना हुनेलाई १० हजार प्रदान गरिनेछ । कार्यक्रमबाट आम्दानी भएको रकममध्ये केही प्रतिशत रकम शिक्षा क्षेत्रमा खर्चिने आयोजकले बताएको छ । चन्द्र सूर्य यातायात प्रालिका अध्यक्ष अरुणकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन भएको हो । पत्रकार सम्मेलनको सहजीकरण जितसागर जीएमले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर