दंगीशरणमा लघु उद्यम कार्यक्रम : अध्यक्ष चौधरी

दिप्तीशिखा चौधरी

दंगीशरण, ५ चैत ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले नागरीकहरुलाई आर्थिक पाटोमा बलियो बनाउनकालागि गाउँपालिकाले लघु उधम कार्यक्रम संचालन गरेको बताए । “गरीवि निवारण कार्यक्रम अन्र्तगत गाउँपालिकाले दंगीशरण गाउँपालिकाको वडा न। १ र ४ का नागरीकहरुलाई उधमी बनाउँने उद्धेश्यका साथ कार्यक्रम संचालन गरिरहेको छ तपाईहरु हिम्मतका साथ अगाडि बढ्न जरुरी छ ।’ अध्यक्ष्य चौधरीले भने ।

दंगीशरण गाउँपालिकाको आयोजनामा वडा न। १ स्थीत फुर्केसल्लीमा ब्यवसाय सचेतना तथा लैंगीक समानता तथा सामाजिक समावेशिकरण तालीममा उनले यस्तो बताए ।

कार्यक्रमा उधम सहजकर्ता किरण पोख्रेलले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा २० जना महिला र पुरुषहरुको सहभागिता रहेको थियो । कार्यक्रमको शहजीकरण उधम सहजकर्ता सुसीला डांगीले गरेका थिए । वडा अध्यक्ष श्रीप्रशाद चौधरीको अध्यक्षता एंव गाउँपालिका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतीथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । आठ दिन सम्म संचालन हुने तालीममा ब्यवसाय कसरी गर्ने सफल उधमी कसरी बन्ने भन्ने विषयमा सहभागिहरुलाई जानकारी गराईनेछ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर