नेकपाको विवादले अझै आकार लिएको छैन्, आकार लिएमा मात्रै काँग्रेसले सरकारमा जाने÷नजाने विषयमा निर्णय गर्छ ः खाँड

तुलसीपुर, २९ फागुन ।

नेपाली काँँग्रेस प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक बाल कृष्ण खाँडले अझै काँग्रेसले सरकारको नेतृत्व लिने वा नलिने भन्ने विषयमा निर्णय नलिएको बताए । प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपाको विवादले अझै स्पस्ट आकार लिइनसकेको भन्दै अहिले नै काँग्रेसले सरकारको बारेमा के गर्ने भन्ने विषयमा निर्णय गर्न नसकेको बताए । “अदालतले नेकपाको आधिकारिता ऋषि कट्टेललाई दिएपछि अहिले नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकातिर र माओवादी केन्द्र अर्कोतिर गएका छन्”, उनले भने“तर, माओवादी छोडेर एमालेतिर गएकाहरु एमालेमै रहने माओवादीमा नफर्किने भनेका छन्, एमालेका सिनियर नेताहरुलाई प्रधानमन्त्रीले पदमुक्त गर्नुभएको छ, यति छिटो–छिटो घटनाक्रम परिबर्तन भइरहेको छ । तर, अझै यसले स्पस्ट आकार लिएको छैन्, यसले आकार लिएपछि मात्रै काँग्रेसले सरकारले विकल्प लिन्छ, अहिल्यै हातार गर्नुपर्ने अबस्था छैन् ।”

साथै उनले काँग्रेसमा सरकारमा जाने÷नजाने विषयमा कुनै विवाद नभएको समेत बताए । उनले काँग्रेसले आज वा भोली नै सत्ता परिबर्तन गर्न भूमिका खेलिहाल्ने भन्ने अबस्था नभएको भन्दै उनले परिस्थिति आएमा मात्रै कदम चाल्ने बताए । प्रतिनिधिसभा बिघटन गरेका प्रधानमन्त्री ओली अदालतले संसद पुर्नस्थापना गरेपछि कम्जोर भएको भन्दै अझै प्रधानमन्त्री अझै कम्जोर बन्ने बताए ।“संसद पुर्नस्थापना पछि नैतिक रुपमा नागिंसक्नु भएको छ, अझै पनि नांगिन बाँकी छ, भने हामी नागिंन दिन्छौं”, उनले भने“सबै नाँगिएपछि जनताले पनि चिन्छन, उहाँ अझै नाँगिनुस्, भनेर समय दिएका छौं ।”

साथै प्रधानमन्त्रीले संविधानको प्रतिकूल हुनेगरि धेरै अध्यादेश ल्याएको भन्दै यसले निरंकूशतातर्फ धकेल्ने समेत बताए । कम्युनिष्ट सरकार आएपछि प्रधानमन्त्रीले कम्युनिष्ट सरकार चलाउने भन्दा पनि कम्युनिष्ट शाषण लाद्न खोजेको समेत प्रमुख सचेतक खाँडले आरोप लगाए । संविधान रक्षा गर्नुपर्ने ठाउँमा ओली सरकार संविधानलाई ध्वस्त पार्न तर्फ लागेको समेत उनको आरोप थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर