पसल चोरी गर्ने एक जना पक्राउ

तुलसीपुर, ५ फागुन ।

चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले एक जनालाई पक्राउ गरेको छ । बगलाचुली गाउँपालिका वडा नं. ३ कमिरेचौर स्थित कमलाल पौडेलले संचालन गरेको ई जनरल स्र्टोसबाट रातीको समयमा गएको माघ १ गते एनसिएल र एनटिसीको १ लाखको रिचार्ज र नगद करीब २० हजार चोरी भएको थियो ।

चोरी भएको रिचार्ज कार्डको सिरियल नम्बरका आधारमा दुरसंचार कार्यालयको समन्वयमा मंलबार दिउसो ३ बजे बंलगाचुली गाउँपालिका वडा नं. ४ श्रीवारीका १८ बर्षीय पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ गरेका गिरीको साथबाट एनटिसी र एनसीएलको ६१ हजार ८ सय ५० रुपैयाँको रिचार्ज बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर