जनयुद्धलाई भ्रम पैदा गर्ने गरिएको छ : अपार

तुलसीपुर, १ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले परिबर्तन नचहाने तत्वले जनयुद्धप्रति भ्रम सिर्जना गर्ने गरेको बताए । २६ औं महान जनयुद्ध दिवसका अवसरमा तुलसीपुर, १७ बनकट्टा स्थित शहीद आवासीय विद्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अपारले यस्तो बताए । उनले महान जनयुद्धले नै मुलुकमा जरा गाडेर बसेको राजतन्त्र अन्त्य गरि गणतन्त्र स्थापना गर्नुकासाथै संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएको बताए ।

उक्त संविधान विश्वकै लोकतान्त्रिक संविधान भनेर दावि समेत गरिएको भन्दै यो जनयुद्धकै जगमा प्राप्त भएको उपलब्धी भएको बताए । जनयुद्धका केही कार्यभार बाँकी रहेको भन्दै ति कार्यभार पूरा गर्ततर्फ आफूहरु प्रतिबद्ध रहेको समेत उनले बताए । हेमराज शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर